तत्कालिन राजा ज्ञानेन्द्रको सहमतिमा गणतन्त्र आएको माधव नेपालको दाबी

चैत्र २४, २०८१ | काठमाडौं
पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन राजा ज्ञानेन्द्र शाह समेतको सहमतिमा मुलुकमा गणतन्त्र आएको दावी गर्नुभएको छ ।
दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला, आफू र तत्कालिन राजा ज्ञानेन्द्रको सहमतिमा गणतन्त्र आएको उहाँको भनाइ छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गणतन्त्रमा जाने सहमतिपछि मात्र माओवादी जोडिएको बताउनुभएको हो ।
पूर्वराजा शाहका निजी सचिवको हालैको अभिव्यक्तिको प्रसंग जोड्दै पूर्व प्रधानमन्त्री नेपालले ज्ञानेन्द्र शाह समेत राजतन्त्रमा फर्किने योजनामा नभएको बताउनुभयो । पूर्वराजालाई दल खोलेर राजनीतिमा आउन उहाँले आग्रह गर्नुभयो ।
राजावादी दल र समूहले राजतन्त्रको पक्षमा गतिविधि तीव्र बनाएका बेला गणतन्त्रवादी नेताहरुले पूर्व राजालाई व्यवस्था उल्टाउन नभई दल खोलेर राजनीतिमा आउन आग्रह गर्दै आएका हुन् ।