शिक्षक राष्ट्रिय महासंघको आन्दोलन चर्किदैः विद्यालय बन्द गरी सडकमा आउन शिक्षकहरुलाई आव्हान

चैत्र २४, २०८१ | काठमाडौं
विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेको शिक्षक राष्ट्रिय महासंघले शैक्षिक हड्तालको घोषणा गरेको छ ।
विद्यायल शिक्षा विधेयक यथाशीघ्र पारित गर्नुपर्ने लगायत माग राखेर आन्दोलित बनेको महासंघले भोलिबाट शैक्षिक हड्ताल गर्ने जनाएको छ ।
महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आग्रह गरेको छ । सरकारले वार्ताका लागि अपिल गरेपनि त्यसलाई अस्वीकार गर्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्