काठमाडौंमा प्रशासनले तोकेको निषेधित क्षेत्र तोडे कारबाही हुन्छः गृह मन्त्रालय

वैशाख ६, २०८२ | काठमाडौं
गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शन पछि आफ्ना नेता पक्राउ गरेको भन्दै सरकारसँग रुष्ट रहेको प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि निषेधित क्षेत्रमा गर्ने भनेको प्रदर्शनप्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।
केहिदिन अघि बसेको राप्रपाको बैठकले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणापछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले हस्ताक्षर गरेको विज्ञप्तीमा निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैह्य नहुने उल्लेख गरिएको छ ।

कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति समेत गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग गर्दै विरोधका कार्यक्रम गर्ने तयारी गरेपछि सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।