न्यायपालिकाको विकृति हटाउन प्रतिबद्ध छुः बार एशोसियशन अध्यक्ष मिश्र

वैशाख ६, २०८२ | काठमाडौं

नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजय मिश्रले न्यायपालिकामा विकृति÷विसंगति हटाउनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । पदभार ग्रहण समारोहमा अध्यक्ष मिश्रले न्यायपालिकामा देखिएका वेथिति हटाउन कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

मिश्रले निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि लगाइएको अदालतको अवहेलना मुद्दामा बारले लड्ने समेत जिकिर गर्नुभयो । यस्तै, मिश्रलाई बधाई दिँदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपाल बारको निर्वाचनमा न्यायधीश नै मत माग्ने कार्यमा संलग्न भएको दाबी गर्नुभयो ।

न्यायालयले न्याय सम्पादन गर्ने क्रममा कुनै राजनीतिक, दबाब, प्रभाव र हस्तक्षेप हुन नहुने उहाँको भनाई थियो । श्रेष्ठ बारको निर्वाचनमा मिश्रसँग पराजित हुनु भएको थियो । 


प्रतिक्रिया