एनएसएल फुटबलः धनगढीलाई २–१ ले पराजित गर्दै ललितपुर सीटि फाइनलमा

वैशाख ६, २०८२ | काठमाडौं

साविक विजेता ललितपुर सिटी एफसी तेस्रो संसकरणको नेपाल सुपर लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

 काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वालीफायरमा धनगढी एफसीलाई २– १ गोलले पराजित गर्दै ललितपुरले फाइनलमा स्थानमा बनाएको हो ।

 १० खेलाडीमा सिमित भएको ललितपुरले ५६ औं र ७९ औं मिनेटमा गोल गरेको थियो । धनगढीले भने ६१ औं मिनेटमा जवाफि गोल फर्काएको थियो । ललितपुर सीटिका मणिकुमार लामा १६ औं मिनेटमा रेड कार्ड खाँदै मैदान बाहिरिएका थिए । पराजित भएको धनगढीले अब दोस्रो क्वालिफाइरको विजेतासँग फइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

जारी सिजनमा अपराजित रहेको ललितपुर ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक बनाउँदै प्लेअफमा पुगेको थियो भने ३ खेलमा जित, २ मा हार र १ खेल बराबरी गरेको धनगढीले ११ अंक बनाएको थियो । 

 लिग तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको चितवनले १० अंक बनाएको छ भने चौथो स्थानमा रहेको पोखराको ८ अंक छ ।       


प्रतिक्रिया