अमेरिकामा भेनेजुएलाका नागरिकलाई देश निकाला गर्न अदालतको रोक

वैशाख ६, २०८२ | काठमाडौं

अमेरिकाको सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई भेनेजुएलाका नागरिकलाई देश निकाला गर्ने कार्य रोक्न आदेश दिएको छ ।

 देश निकाला गर्नुअघि उनीहरुलाई चुनौतीको मौका दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ । आपराधिक गिरोहका सदस्य दाबी गरिएका भेनेजुयलाका नागरिकहरुलाई १८ औं शताब्दीको युद्धकालीन कानून अन्तर्गत उत्तरी टेक्सासमा हिरासतमा राखिएको छ ।

 नागरिक स्वतन्त्रता समूहले उनीहरुको तर्फबाट सरकारविरूद्ध मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अप्रिल ८ सम्म एल साल्भाडोर पठाइएका २ सय ६१ भेनेजुएलाका नागरिकमध्ये १ सय ३७ जनालाई ‘एलियन एनिमीज एक्ट’ अन्तर्गत अमेरिकाबाट निष्कासन गरिएको बताइएको छ ।

 सर्वोच्च अदालतले सुरुमा ८ अप्रिलमा एक फैसला गर्दै राष्ट्रपति ट्रम्पले सो गिरोहका सदस्यलाई देश निकाला गर्न ‘एलियन एनिमीज एक्ट’ प्रयोग गर्न सक्ने उल्लेख गरेको थियो । 


प्रतिक्रिया