परारष्ट्रमन्त्री देउवा थाइल्याण्ड जाँदै

वैशाख ६, २०८२ | काठमाडौं
परारष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी हुन थाइल्याड जानुहुने भएको छ ।
बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका लागि मन्त्री राणा थाइल्याण्ड जान लाग्नु भएको हो । एशिया तथा प्रशान्त क्षेत्रमा दिगो र प्रतिरोधी सहरी विकासका लागि क्षेत्रीय सहकार्य विषयक सत्रको राणाले अध्यक्षता गर्नुहुर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागीा जनाउने छ । बैठक सम्पन्न भएपछि देउवा अप्रिल २५ मा स्वदेश फर्किने कार्यक्रम छ ।