शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा !

वैशाख ८, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उहाँले राजीनामा बुझाउनु भएको हो ।
उहाँले यसअघि नै विद्यालय शिक्षा ऐन जारी गर्न नसक्ने अवस्था सिर्जना भए आफू मन्त्री पदमा नरहने संकेत गरीसक्नु भएको थियो । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत मागसहित २० दिनदेखि काठमाण्डौं केन्द्रीत आन्दोलन जारी राखेका छन् ।