राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक लागि आवेदन माग

वैशाख ८, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक लागि आवेदन खुला गरेको छ । 

एन्फाले आज सूचना जारी गर्दै महिला फुटबल टिमको प्रशिक्षकका लागि आवेदन माग गरेको हो । प्रशिक्षकका लागि प्रो लाइसेन्स प्राप्त गरेको र कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको एन्फाले जनाएको छ । त्यसका लागि सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने छ । यस्तै कम्तिमा दुई वर्षको अनुभव भएको र ट्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ ।     


प्रतिक्रिया