गृहमन्त्री लेखकलाई राजिनामा दिन शेखर कोइरालाको सुझाव

जेष्ठ १०, २०८२ | काठमाडौं
सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई राजिनामा दिन आग्रह गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणलाई लिएर गृह प्रशासनको आलोचना भइरहेका बेला कंग्रेसकै प्रभावशाली नेताले गृहमन्त्री लेखकलाई नैतिकतामा आधारमा राजिनामा दिन सुझाव दिएका हुन् ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसामा विदेश जाने व्यक्तिबाट रकम असुल गरेको आरोपमा नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि यो विषय बाहिर आएको हो ।
सो प्रकरणमा गृहमन्त्री लेखक जिम्मेवार हुनुपर्ने माग सार्वजनिक वृत्तमा भइरहेको छ । घटना बाहिरिएपछि केही कर्मचारीलाई अध्यागमन कार्यालयबाट सरुवा गरिएको छ ।