रुस र युक्रेनद्वारा ३ सय बढि बन्धक बनाइएका सेना आदान प्रदान

जेष्ठ १०, २०८२ | काठमाडौं
रुस र युक्रेनले ३ सय बढि बन्धक बनाइएका एक अर्काका सेना आदान प्रदान गरेका छन् । युद्धबन्दी आदनप्रदान गरेको दोस्रो दिन रुस र युक्रेनले सैनिक आदन प्रदान गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । तीन वर्षदेखि जारी युद्धका क्रममा दुई देशमा बन्दी भएका सैनिक तथा युद्धबन्दी आदनप्रदान गरेको यो नै सबै भन्दा ठूलो संख्या भएको बताइएको छ ।
रुसी रक्षा मन्त्रालय र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले दुवैतर्फ बन्धक बनाइएकालाई फिर्ता गर्ने उद्देश्य रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यसअघि, हिजो मात्र दुवै तर्फबाट ३ सय ९० कैदी, १ सय २० नागरिकलाई रिहा गरएको थियो ।
सो आदनप्रदानले मस्को र कीभबीच शान्ति सम्झौताको वार्ता गर्न नयाँ चरणको सुरुवात गर्न सक्ने आँकलन गरिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन दिनमा प्रत्येक पक्षबाट १ हजार कैदीहरू रिहा गर्न सुझाव दिनुभएको छ ।