एनभीए भलिबल लिगमा महिलातर्फ पुलिस र एपीएफको लगातार दोस्रो जित

जेष्ठ १०, २०८२ | काठमाडौं
पोखरामा जारी नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पूरुष तर्फको खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । मणिमुकुन्द क्लबले पहिलो सेट २५–२० ले जित्दा दोस्रो सेटमा भने २३–२५ पराजित भएको थियो ।
पुनः तेस्रो सेटमा २७–२५ जित निकाल्दै मणिमुकुन्द क्लबले आमिविरुद्ध २–१ को अग्रता पनि चौथो र पाँचौँ सेटमा पुनरागमन गर्दै आर्मी विजयी भएको हो । चौथो सेटमा २५–२२ को जित निकालेको आर्मीले पाँचौँ तथा अन्तिम सेटमा १५–१० नतिजा निकालेको हो । अर्को खेलमा घरेलु टोली गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । गण्डकी प्रदेशको टोलीले पुलिसलाई २५–२२, २५–२२ र २५–२३ ले हराएको हो ।
यसैबीच आजै भएको महिलातर्फको खेलमा एपीएफ क्लबले आर्मी क्लबमाथि जित निकालेको छ । एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले २५–७, २५–२३ र २५–२० ले आर्मीलाई हरायो ।
एपीएफको यो दोस्रो जित हो । यस्तै, नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । आजको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जित निकालेको हो । पुलिसले कर्णालीलाई २५–५, २५–९ र २५–११ को सेटमा पराजित गरेको हो । अर्को खेलमा टिपटप हेल्प नेपाल क्लवले एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।