भिजिट भिसा प्रकरणमा विपक्षी दलहरु विभाजित, माओवादी केन्द्र र सत्तारुढ दलवीच सहमति

जेष्ठ ३०, २०८२ | काठमाडौं

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरु विभाजित भएपछि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक अघि बढेको छ । सो प्रकरणमा दुई वूँदे सहमति गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सदन चलाउन राजी भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा अवरोध गरेका थिए ।

दुई विपक्षी दलले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद बैठक अघि बढाउनुभयो । सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिनुका साथै एकीकृत समाजवादीका सांसद माधव नेपालको पद निलम्वनको जानकारी र सरकारको पत्र पढेर सुनाउनुभएको थियो ।

सो क्रममा रास्वपा सांसदले वेल घेराउ गर्दै गृहमन्त्री लेखकको राजिनामा माग गरेका थिए । त्यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको बताउनुभएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले वीरतापूर्वक आत्मसम्मान गरेको टिप्पणी गर्नुभयो ।

रास्वपाका सांसद मनिष झाले आफूहरुको माग पुरा नभएसम्म सदन चल्न नदिने बताउनुभएको थियो । अध्यागमनको कर्मचारीलाई मन्त्रालय तान्नुले मन्त्रीको संलग्नता देखिने उहाँको भनाइ थियो ।  


प्रतिक्रिया