इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

जेष्ठ ३०, २०८२

इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायलले आज बिहान इरानमा सैन्य कारबाही गरेसँगै दूतावासले सूचना जारी गर्दै यस्तो अपिल गरेको हो ।

 विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्धारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी भएको सन्दर्भ उल्लेख गर्दै दूतावासले त्यहाँको सरकारी निकायबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन अनुरोध गरेको छ । 

साथै, ती प्रोटोकलहरु पालना गर्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन एवम् सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अपिल गरेको छ ।


प्रतिक्रिया