कश्मीरमा भिषण वर्षापछिको बाढीमा ३२ जनाको मृत्यु

श्रावण २९, २०८२ | काठमाडौं
काठमाडौं । भारत प्रशासित कश्मीरको एक गाउँमा भारी वर्षापछि आएको बाढीमा परि ३२ जनाको मृत्यु भएको छ ।
कश्मीरको दुर्गम पहाडी गाउँ छोसिटीमा आएको बाढीमा परि अन्य ५० जना बढी बेपत्ता भएका छन् । भारतीय विपद् व्यवस्थापनका उच्च अधिकारी मोहम्मद इर्शादका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १ सय जना बढीको सुरक्षीत उद्दार गरिएको छ ।
भारतका विज्ञान तथा प्रविधि उपमन्त्री जितेन्द्र सिंहले सो बाढीबाट ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । भारतीय अधिकारीहरुका अनुसार छोसिटी गाउँ जम्मु–कश्मीरको किश्तवार जिल्लामा पर्ने विकट हिमाली क्षेत्र हो ।
तिर्थ यात्राका लागि परिचित सो क्षेत्रमा बाढीमा परि धेरै व्यक्ति हराएको हुन सक्ने आशंका गरिएको छ । यसअघि भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली बजार क्षेत्रमा बाढी आएको थियो । बाढीमा परि धेरै व्यक्तिहरु हराइरहेका छन् भने बजार क्षेत्र ध्वस्त भएको छ ।