प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच भेटवार्ता

भाद्र १७, २०८२ | काठमाडौं
चीनको तियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुग्नुभएको छ । प्रधानमन्त्री ओली रेलमार्गबाट चीनको बेइजिङ पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
त्यहाँ प्रधानमन्त्री ओलीले चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति चङ्गद्धारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ ।
नेपाली प्रतिनिधिमण्डल भोलि चीन सरकारद्धारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । भोलि नै प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल नेपाल फर्किने तालिका छ ।