इजरायलले गाजामा नरसंहार गरेको विषयमा प्रस्ताव पारित

भाद्र १७, २०८२
काठमाडौँ । नरसंहारबारे अध्ययन गर्ने विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय नरसंहार विद्वानहरूको संघले इजरायलले गाजामा नरसंहार गरिरहेको आलोचना गर्दै एउटा प्रस्ताव पारित गरेको छ ।
सो संघले इजरायलले गाजा क्षेत्रमा गरिरहेको आक्रमणले नरसंहारका घटनालाई स्थापित गर्न यथेष्ट कानुनी मापदण्ड पूरा गरेको दाबी गरेको हो । संघका ५ सय जना सदस्यमध्ये ८६ प्रतिशतले सो प्रस्तावमा समर्थन जनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सो प्रस्तावले राष्ट्रसंघको धारा २ को १९४८ मा नरसंहारबारे उल्लेख गरेअनुसार इजरायलले गाजामा अपनाएको नीति र कार्यले सो व्याख्यालाई पुष्टि गरेको बताएको हो ।
यता इजरायलको विदेश मन्त्रालयले संघको सो प्रस्तावलाई लज्जास्पद र पूर्ण रूपमा हमासको झूट अभियानमा आधारित भएको बताएको छ ।