राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

भाद्र १७, २०८२ | काठमाडौं
अस्ट्रेलिया भ्रमणमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
अस्ट्रेलिया भ्रमणका क्रममा टप–एन्ड टी–२० सिरिजको लिग चरणबाटै बाहिरिएको नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धका दुवै टी–२० अभ्यास खेल जितेको थियो भने साउथ अस्ट्रेलियासँग पराजित भएको थियो ।
साउथ अस्ट्रेलियाविरुद्धको एक मात्र एकदिवसीय अभ्यास खेलमा भने नेपाल विजयी भएको थियो ।
नेपालले युएईको सारजहाँमा दुई पटकको टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजसँग टी–२० क्रिकेट सिरिज खेल्ने छ ।
सो सिरिज नेपालका लागि टी–२० विश्वकपको एसिया तथा ईस्ट–एसिया प्यासिफिक संयुक्त छनोटको अन्तिम तयारीका लागि महत्वपूर्ण मानिएको छ ।