निजामति सेवा विधेयक संंसोधनसहित राष्ट्रिय सभाबाट पारित

रेडियो कान्तिपुर संवाददाता

भाद्र १७, २०८२ | काठमाडौं

उच्च सरकारी अधिकारीको चलखेलका कारण विवादित बनेको संघीय निजामति सेवा सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयकमा केही महत्वपूर्ण परिमार्जनसहित माथिल्लो सदनले सो विधेयक पारित गरेको हो ।

 राष्ट्रियसभाले कुलिङ अफ पिरियडको व्यवस्थामा गरिएको त्रुटि सच्याउँदै र अन्य केही प्रावधानमा संसोधन गरेको छ । राष्ट्रिय सभाको आजको बैठकले निजामती सेवा विधेयक सर्वसम्मतिल पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो । 


प्रतिक्रिया