नेपाल भित्रिने विदेशी नागरिकको निगरानी गर्दै अध्यागमन विभाग

रेडियो कान्तिपुर संवाददाता

भाद्र १७, २०८२ | काठमाडौं

नेपाल भित्रिने विदेशी नागरिकको आवागमन र गतिविधिबारे सुक्ष्म निगरानी गर्न अध्यागमन विभागले दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ । विभागले सूचना जारी गर्दै विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरिएको र आगामी असोज १ बाट काठमाडौं उपत्यकामा कार्यान्वयनमा लैजाने बताएको छ ।

 विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालका अनुसार पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलमा सो प्रणाली लागू गरिनेछ । 

दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरसँगै सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने विभागले जनाएको छ ।  


प्रतिक्रिया