इडब्लुभीको खेल तािलका सार्वजनिक

भाद्र १७, २०८२ | काठमाडौं

एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । 

आयोजक इन्फनिटी ड्रिम्स प्रालिले आज सार्वजनिक गरेको खेल तालिका अनुसार दोस्रो संस्करणको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजको सामना गर्नेछ । 

भदौ २० गते पोखरा रंगशालाको कभर्डहलमा हुने उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । 

सोही दिन साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा हनेछ । 

भदौ २८ गतेसम्म सञ्चालन हुने भलिवल लिगमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । 

सिंगल राउण्ड रोविनका आधारमा लिग चरणमा कूल १५ खेल हुनेछ । 

लिग चरणको खेलपछि धेरै अंक जोड्ने दुई टोली फाइनल प्रवेश गर्नेछन् । 


प्रतिक्रिया