अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक फिर्ता हुँदै

भाद्र १७, २०८२
अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोलि नेपाल ल्याइने भएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले ओम्नी एयरको चार्टर विमानबाट उनीहरुलाई पठाउने जानकारी आएको बताउनुभयो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता यसअघि अमेरिकाले दुई सयभन्दा बढी नेपाली नागरिकलाई फिर्ता पठाइसकेको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका छन् ।