प्रधानमन्त्री ओलीद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको बचाउ

भाद्र २२, २०८२ | काठमाडौं
दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको बचाउ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानका लागि कदम चालिएको बताउनुभएको छ।
पार्टीको विधान महाधिवेशनमा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीले सरकारले गरेको आग्रह सामाजिक सञ्जाल कम्पनीले अटेर गरेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको निर्णयप्रति भइरहेको विरोधप्रति आपत्ति समेत जनाउनुभएको छ ।
सामाजिक सञ्जाल बन्द गरिएपछि सरकारको चर्को आलोचना भइरहेका बेला ओलीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । देशको कानून नमाने अवस्था स्वीकार्य नभएको उहाँको भनाइ थियो ।