एक दशकको समिक्षा गर्दै अघि बढ्नुपर्छः प्रधानमन्त्री कार्की

आश्विन ३, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले संविधान जारी भएपछिको एक दशकको समिक्षा गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधान कार्यान्वयनमा देखिएको कमीकमजोरीको समिक्षा गर्नुपर्ने बताउनुभयो ।
अर्को प्रसंगमा प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो । चुनावमार्फत् जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू प्रधानमन्त्री भएको उहाँको भनाइ थियो ।
मुलुकमा देखा परेका असन्तुष्टिलाई सम्बोधन गर्नु आफ्नो पहिलो दायित्व हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।