पाकिस्तानमा बम विस्फोट, कम्तिमा ११ जनाको मृत्यु

आश्विन ३, २०८२ | काठमाडौं

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रस्थित बलुचिस्तान प्रान्तको छुट्टाछुट्टै स्थानमा भएको बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

 पहिलो विस्फोट विद्रोही समूहले विस्फोटक पर्दाथ रहेको कारलाई सैनिक रहेको इलाकामा ठोक्काउँदा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, अर्को अफगानीस्तानको सीमा नजिकै भएको बम विस्फोटमा भने ६ जनाको मृत्यु भएको हो । 

सो आक्रमणको जिम्मा पृथकतावादी समूह बलुच लिबरेशन आर्मीले लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया