नारायणगढ–मुग्लीन सडक अझै अबरुद्ध

आश्विन ४, २०८२ | काठमाडौं

नारायणगढ–मुग्लीन सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको तुइनखोलामा खसेको पहिरो पन्छाउन समस्या भएको छ ।

 हिजो साँझदेखि पटक पटक पहिरो खसेकाले पन्छाउन सकस भएको हो । आज बिहान फेरि ठूलो पहिरो खसेपछि हिजैदेखि सो खण्डमा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको छ । पहिरो पन्छाउन समस्या भएपछि प्रशासनले सवारी साधनलाई बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो ठूलो भएको र आजै पन्छाउन सम्भव नदेखिएकाले वैकल्पिक मार्ग अपनाउन अनुरोध गर्नु भएको हो । पहाडबाट निरन्तर ढुंगाहरु खसिरहेकाले पहिरो पूर्ण रुपमा सफा गर्न झण्डै १० घण्टा लाग्ने अर्यालले बताउनुभयो ।

 मुख्य राजमार्ग नै बन्द हुँदा दैनिक १० हजारभन्दा धेरै सवारी साधन प्रभावित भएका छन् । पहिरो झरेपछि अहिले त्यहा हजारौं गाडी र यात्रुहरू बीचबाटोमा रोकिएका छन् । प्रहरीले नारायणगढ तर्फ रामनगर जुगेडी र मुग्लिन तर्फ कुरिनटार फिस्लिङ लगायतका ठाउँहरूमा गाडी रोकेर राखेको छ ।


प्रतिक्रिया