जेनजी आन्दोलनः तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलगायतलाई कारबाही गर्न माग

आश्विन ५, २०८२ | काठमाडौं

मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलगायतलाई कारबाही गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा समाजले विज्ञप्ती मार्फत केपी शर्मा ओली र रमेश लेखकलगायतलाई कारबाहीको माग गरेको हो । आन्दोलनका क्रममा नागरिक हत्यामा संलग्न तत्कालीन सरकारका जिम्मेवार सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

समाजका सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलगायतलाई तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ । जेनजी विद्रोहका क्रममा सरकारले दमन गर्दा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते अझै अस्पतालमा उपचाररत छन् । 


प्रतिक्रिया