निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबीच छलफल

आश्विन ७, २०८२ | काठमाडौं
फागुन २१ गतेका लागि निर्धारित आगामी निर्वाचनको तयारीबारे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । निर्वाचनका लागि सरकार र आयोगको तर्फबाट हुने कामबारे समझदारी भएको आयोगले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रुपमा सम्पन्न गर्न आवश्यक पर्ने स्रोत साधन र जनशक्ति आयोगलाई उपलब्ध गराईने बताउनुभएको थियो । निर्वाचनको सन्दर्भमा देखिएको चुनौती समाधानका लागि पहल गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो ।
चुनावको तयारीका क्रममा आयोगले मतदाता नामावली संकलनका लागि विद्यमान ऐन संसोधनका लागि अध्यादेश ल्याउन सरकारलाई प्रस्ताव गरिसकेको छ ।