झापा–५ मा ठूलो मतान्तरसहित बालेनको अग्रता, समर्थकहरू सडकमा
फाल्गुन २३, २०८२ | काठमाडौं
झापा–५ मा रास्वपाका बालेन्द्र शाहले ठूलो मतान्तरसहित अग्रता लिएपछि समर्थकहरू सडकमा निस्किएर खुसी मनाउन थालेका छन् । मतगणनास्थल बाहिर यतिबेला समर्थकहरूको ठुलो भिड देखिएको हाम्रा सहकर्मीले जनाएका छन् ।
प्रत्येक पटक गणनाको नतिजा सुनाउँदा हुटिङ हुने गरेको छ । पछिल्लो मतगणना अनुसार बालेन्द्रले ४७ हजार ७ सय ७९ मतसहित अग्रता कायमै राख्नुभएको छ । यो समाचार तयार पार्दासम्मा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १२ हजार ६ सय ९९ मत ल्याउनुभएको छ ।











