रौतहटमा ६ हजार सुरक्षाकर्मी परिचालन हुने

भाद्र २१, २०७४ | चितवन

तेस्रो चरण अन्तर्गत आगामी असोज २ गते रौतहटका १६ नगरपालिका र २ गाउँपालिकामा हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

अहिले मुलुकका पुर्व र पश्चिमका जिल्लाबाट आवश्यक सुरक्षाकर्मी आउने क्रम जारी छ । यसअघि आइसकेका सुरक्षाकर्मीलाई सम्बन्धित क्षेत्रमा परिचालन गर्ने क्रम सुरु भइसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताउनुभयो ।

उहाँले अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा विभाजन गरेर सुरक्षा रणनीति बनाएको उल्लेख गर्नुभयो । जिल्लामा सिमावर्ती नगरपालिकाकालाई अति संवेदनशील मानिएको छ ।

त्यसैले जिल्लाका सिमा जोडिएका भारतीय सितामढी र चम्पारणका समकक्षी सित वार्ता गरेर चुनाव अवधीभर सिमा शिल गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । 

 


प्रतिक्रिया