बसाई आएका १८ परिवारलाई प्रतिपरिवार ५ लाख अनुदान वितरण

वैशाख ६, २०७६ | तेह्रथुम

  - अन्यत्रबाट बसाई सराई गरी तेह्रथुम आएका १८ परिवारलाई छ–थर गाउँपालिकाले व्यवसायिक अनुदान दिएको छ । प्रदेश १ का विभिन्न जिल्ला बाट बसाई सरी तेह्रथुम गएका परिवारलाई कानुन मन्त्री भानुभक्त ढकालले व्यवसायिक अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।

बसाई सराईले गाउँ रित्तिन थालेपछि छ–थर गाउँपालिकाले अन्यत्र बाट आफ्नो गाउँपालिकामा बसाई सरी आउनेलाई व्यवसायिक प्रस्ताबनाको आधारमा ५ लाख रुपैंया दिने नीति पास गरेको थियो । व्यवसाय गर्न अनुदान रकम पाउने भएपछि प्रदेश १ का विभिन्न जिल्लाबाट गत साउन यता १८ परिवार छ–थरमा बसाई सरी पुगेका छन् । छथर गाउँपालिकामा बसाई सराई दर उच्च छ ।  

 


प्रतिक्रिया