श्वास प्रश्वास सम्बन्धी समस्या बढ्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर ५, २०७६ | काठमाडौं

- मुलुकमा पछिल्लो समय नागरिकहरुमा श्वास प्रश्वास सम्वन्धी समस्या बढ्दै गएको छ । ३० लाख जना श्वास प्रश्वास सम्बन्धी समस्याबाट पिडित रहेको स्वास्थ्य अनुसन्धान परिषदको अध्ययनले देखाएको छ । धुमपान र दाउरा बाल्दा उत्पन्न हुने धुँवाबाट श्वास सम्बन्धी दीर्घकालिन रोगबाट कुल जनसंख्याको १० प्रतिशत पीडित रहेको अध्ययनले देखाएको छ ।

मुटुरोग, मधुमेह, मिर्गौला  रोग भन्दा श्वास प्रश्वास सम्बन्धी नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढी रहेको परिषद्को तथ्याङ्क छ । प्रदेश २ मा प्रत्येक ६ मध्ये १ जना, सुदुरपश्चिम प्रदेशमा ७ मध्ये १ जना, प्रदेश ३ मा ९ मध्ये १ जना, प्रदेश ५ मा १० मध्ये १ जना , प्रदेश १  र गण्डकी प्रदेशमा प्रत्येक १६ मध्ये १ जनामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ । स्वास प्रस्वास सम्वन्धी ३० लाख पीडित मध्ये ३ प्रतिशतले मात्रै उचित स्वास्थ्य सेवा पाउने गरेको अध्ययनले देखाएको छ । ग्रामिण क्षेत्रमा घर भित्रैको धुँवा र शहरी क्षेत्रमा वायु प्रदुषण  श्वासप्रश्वास सम्बन्धी समस्याको मुख्य कारण मानिएको छ । 

। 

 


प्रतिक्रिया