सरकारलाई बजेट प्रस्तुत गर्न दिन माओवादी सकारात्मक

जेष्ठ १४, २०८२

माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनुसार आगामी आर्थिक वर्षको बजेट दिनेमा आफ्नो दल सकारात्मक भएको बताउनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच आज भएको टेलिफोन संवादमा उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने उल्लेख गर्दै बजेट प्रस्तुत गर्ने सम्बन्धमा भने सकारात्मक रहेको स्रोतको भनाइ छ । 

अध्यक्ष दाहालले संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्नेबारे सकारात्मक रहेको उल्लेख गर्नुभयो । दाहालले बजेटअघि नै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर सहज वातावरण बनाउनु उपयुक्त हुने जिकिर समेत गर्नुभयो । 


प्रतिक्रिया