प्रतिनिधिसभा बैठक आज पनि स्थगित

जेष्ठ १४, २०८२

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आजपनि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् । विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुरामा अडान कायम राखेका छन् ।

प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी हिजो पनि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । भोलिको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक बजेट भोलि ल्याउँदै छ । आगामी आर्थिक वर्षको बजेट १५ जेठमा ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । 


प्रतिक्रिया