राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन प्रधानमन्त्री ओलीको निर्देशन

जेष्ठ १४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिनुभएको छ । चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । 

स्रोतका अनुसार बैठकमा सुरक्षा निकायका प्रमुखहरुले सो बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए । राजावादीहरुले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।

यता नेकपा एमालेले जेठ १५ गते भोलि गणतन्त्र दिवसलई उत्सवका रुपमा आयोजन ागर्ने निर्णय गरेको । सो अवसरमा एमालेले केन्द्रीत प्रदर्शन गर्ने भएको छ । प्रदर्शनको तयारी लगायत विषयमा जानकारी गराउन एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले गणतथन्त्र दिवसलाई उत्सवका रुपमा आयोजना गर्ने पार्टीले निर्णय गरेको र सोही अनुरुप तयारीमा जुटेको बताउनुभयो । 


प्रतिक्रिया