साझा पार्टीको साझा राष्ट्रिय भेला लुम्बिनीमा सुरु

फाल्गुन १५, २०७६ | लुम्बिनी

– साझा पार्टी फरक विचार, नयाँ ऊर्जा, संगठन र विचार नाराका साथ साझा पार्टीको ३ दिने साझा राष्ट्रिय भेला लुम्बिनीमा सुरु भएको छ । भेलामा पार्टी निर्माणको राणनीति र आगामी कार्ययोजनाका बारेमा व्यापाक छलफल गरि लुम्बिनी घोषणा पत्र जारी गरिने बताईएको छ । भेलामा बैकल्पिक राजनिति, लोककल्याणकारी लोकतन्त्र, ईमान्दारीता, विधिको शासन, सुशासन र संवृद्धिका मुद्दामा गहन छलफल गरिने पार्टीका ५ नं प्रदेश संयोजक अनुपमान सैंजुले बताउनुभयो । 

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले भेलालाई सम्बोधन गर्दै लोकतन्त्रका आधारभूत मुल्य मान्यता, मानव अधिकार र जनजीविकामा सरकार अनुदार बन्दै गएको आरोप लगाउनुभयो । सरकारका पुर्व सचिव तथा पार्टीको अभियान विभाग प्रमुख किशोर थापाले साङगठनिक रुपमा पार्टी सानो र कमजोर हुदाहुँदै आफुहरुले राजनीतिक बहसलाई त्रिकोणात्मक बनाउन सफल हुनु नै महत्वपूर्ण भएको बताउनुभयो ।

पहिलो दिन संयोजक रविन्द्र मिश्रले पार्टी निर्माणको राणनीति र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । भेलामा ७७ जिल्ला, प्रदेश र केन्द्रिय पदाधिकारी ५ सय ६० जना सहभागी छन् । त्यस्तै अमेरिका र भारत रहेको पार्टीका पदाधिकारी पनि सहभागी छन् । भेला शनिवारसम्म चल्नेछ ।


प्रतिक्रिया