कुवेतबाट आएर क्वारेन्टिनमा बसेकी महिलामा कोरोना संक्रमण

असार २, २०७७ | पाँचथर

कुवेतबाट आएर पाँचथरको क्वारेन्टिनमा बस्दै आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

कुबेतबाट काठमाडौं हुँदै तीन दिनअघि पाँचथर पुगेकी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती महिलामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ । 

उनलाई उपचारका लागि विराटनगर पठाउने तयारी भइरहेको स्वास्थ कार्यालय प्रमुख नारदमणी सुवेदीले जानकारी दिनुभयो । 

संक्रमण पुष्टि भएकी २५ वर्षीया ती महिलासँगै अन्य ४ जना जिल्लास्थित बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका थिए । 


प्रतिक्रिया