खुल्यो मायादेवी मन्दिर

मंसिर ४, २०७७ | रुपन्देही

करिब ८ महिनापछि मुलुकको प्रमुख पर्यटकीय स्थल रुपन्देहीको लुम्बिनी स्थित मायादेवी मन्दिर परिसर पर्यटकका लागि खोलिएको छ । मन्दिर खुलाभएसंगै आन्तरिक पर्यटकको चहलपहल बढेकोछ । 

हिजो पहिलो दिन ६ सय बढी पर्यटकले मन्दिर परिसर अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । केन्द्रीय नहरमा डुंगा पनि संचालन भएपछि डुंगा सयर गर्नेको संख्या पनि बढेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिईएको छ । 

डेढ डेढ मिटरको दुरी कायम गरी मास्क लगाई ज्वरो नापेर मात्र भित्र पठाउने गरिएको कोषले जनाएको छ । मन्दिर परिसर भित्र अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुपको भग्नावषेश र प्राचीन ईनार अवलोकन गरि पर्यटक फर्कने गरेका छन् । बुद्ध जन्मस्थल रहेको गर्भ गृह र मायादेवी मन्दिर भने खोलिएको छैन । 

पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त हुनासाथ मन्दिर पनि पर्यटककालागि खोलिने कोष योजना प्रबन्धक सरोज भटराईले बताउनुभयो । कोरोना भाईरस संक्रमणका कारण करिब ८ महिनामा लुम्बिनीका होटल तथा रेन्टुरेन्ट व्यवसायीले ८० करोड बढी नोक्सान व्यहोरेको बताएका छन् ।


प्रतिक्रिया