खेतमा बालेको आगोले २९ लाखको क्षति

चैत्र १३, २०७७ | काठमाडौं
ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङको साक्फारामा हरी प्रसाद पोखरेलको घरमा आलगागी हुँदा २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घरदेखि करिव आठ सय मिटर परको खेतमा झ्यास, पतकर जलाउने क्रममा हावाले उडाएको आगोले घर समेत जलेको दोभान इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगो निभाउने क्रममा हरीका छोरा तिलप्रसाद पोख्रेल घाइते भएका छन् । कम्मरदेखि मुनीको भाग जलेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । फागुन १८ गते दोभान बजारमा लागेको आगोले ५० वटा घरका ६२ परिवार विस्थापित भएका थिए ।