कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रीमा विष्ट नियुक्त हुँदै

मंसिर १४, २०७८ | सुर्खेत

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले थप एक जना मन्त्रीलाई नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टलाई मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो । 

प्रदेश सभामा आज बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले गरेको निर्णय अनुसार सुर्खेत २ ‘ख’ बाट निर्वाचित सांसद विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । 

माओवादी केन्द्रले अहिले बिष्ट बाहेक अन्य कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सकेको छैन । विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर, अन्तिम समयमा उनको नाम हटाइएको थियो । 

विष्टलाई मंगलबार साँझ साढे ७ बजे सपथ खुवाउने कार्यक्रम रहेको कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया