भीमदत्त नगरपालिकामा पुलको डीपीआर बारे अख्तियारद्वारा अनुसन्धान सुरु

चैत्र ७, २०७८ | कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकामा झण्डै एक दर्जन पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । 

आयोगले सोमबार डीपीआर निर्माण सम्बन्धी आवश्यक कागजात मगाएर अनुसन्धान सुरु गरेको हो । आयोगको कार्यालयमा आइतबार नगरपालिका क्षेत्रका १० वटा पुलको डीपीआर निर्माणमा १ करोड बढीको अनियमितता भएको भन्दै पत्रकार तथा नेकपा एकीकृत समाजवादीका नेता खेम भण्डारीले अख्तियारमा उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । नगरपालिकाले डीपीआर निर्माणका लागि कन्सल्टेन्सी छनोटमै त्रुटि गरेको भण्डारीले उजुरीमा उल्लेख छ । मल्ल एण्ड ग्रुप इन्जिनियरिङ कन्सल्टेन्सीलाई डीपीआर स्वीकृत नहुँदै १ करोड रुपैयाँ भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।


प्रतिक्रिया