आजका मुख्य समाचारः २०८२ बैशाख २९, साँझ ०६ः ३० बजे

वैशाख २९, २०८२ | काठमाडौं

मानसिक स्वास्थ्य प्रभावितहरुको पक्षमा सर्वोच्च अदालतको ऐतिहासिक फैसला, फैसला स्वागतयोग्य भएपनि कार्यान्वयनमा सरोकारवाला पक्षको आशङ्का

अन्तराष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धको सन्देश महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ, लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रियस्तरको सभाहलमा बोलेको नसुनिएपछि पुनः निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन

वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाइ, राजतन्त्र पुर्नस्थापनाका लागि भएका विभिन्न गतिविधिको प्रतिवाद गर्न नेता कार्यकर्तालाई आग्रह

एक अर्काविरुद्ध चर्को करको घोषणा गरेका चीन र अमेरिकाबीच व्यापार शुल्क घटाउने सहमति

भारतीय स्टार क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा 


प्रतिक्रिया