आसन्न निर्वाचनका लागि १० अर्ब आवश्यक : आयोग

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९

निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि करिव १० अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । निर्वाचन सम्पन्न गर्नका लागि १० अर्ब बजेट आवश्यक रहेकाले विस्तृत खाका तयार गरि केही दिनभित्र अर्थमन्त्रालयमा पेश गर्ने तयारी भएको आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बताउनुभयो । यस अघि २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ७ अर्ब ८० करोड खर्च रुपैयाँ खर्च भएको थियो । 

त्यस्तै, निर्वाचन प्रचार–प्रसार लगायत प्राविधिक कार्यका लागि दातृ निकायलाई पत्राचार गर्ने आयोगको तयारी छ । गत स्थानीय तहको निर्वाचनमा दातृ निकायको सहयोग नलिएको आयोगले आगामी निर्वाचनका लागि सहयोग माग्ने तयारी गरेको हो । यसैवीच,, स्थानीय तह निर्वाचनपछि झण्डै साढे ४ लाख मतदाता थपिएका छन् । गत असारदेखि साउन १९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली दर्ता प्रक्रियामा सो संख्यामा मतदाता थपिएको सहप्रवक्ता अर्यालले बताउनुभयो । 


प्रतिक्रिया