पत्रकार दिलभुषण पाठक विरुद्ध मुद्दा दायर

असार १६, २०८२ | काठमाडौं

पत्रकार दिलभुषण पाठक विरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले पाठक विरुद्ध आज मुद्दा दायर गरेको हो ।

 पाठकले एक युट्युब च्यानलको कार्यक्रममार्फत् काठमाडौंस्थित हिल्टन होटलसँग सम्बन्धित सामग्री प्रशारण गरि आफु विरुद्ध घृणा, द्धेष फैलाउने कार्य गरेको भन्दै कानुन बमोजिम कारबाही गर्न माग गर्दै दिएका उजुरीका आधारमा मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार पाठकलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै सजायको माग गरिएको छ । साथै, सो सामग्री प्रशारणका लागि प्रयोग गरिएका उपकरण समेत जफत गर्न माग गरिएको अभियोग पत्रमा उल्लेख छ । 


प्रतिक्रिया