खाद्य सम्बन्धी अधिकारलाई नेपालले सुनिश्चित गरेको परराष्ट्रमन्त्रीको भनाइ

असार १५, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई नेपालले सुनिश्चित गरेको बताउनुभएको छ । इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था गरिएको बताउनुभएको हो । 

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गरिँदै आएको उहाँको भनाइ थियो । मन्त्री राणाले विगत दुई दशकयता नेपालले बालस्वास्थ्य र पोषणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी समेत दिनुभयो । 


प्रतिक्रिया