नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु

असार १६, २०८२ | काठमाडौं
सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सरकारको काम कारबाही, भ्रातृ संस्थाको अवस्था, पार्टीको सक्रिय सदस्यता वितरण लगायत समसामयिक विषयमा छलफल भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा पार्टीले चलाएको देशव्यापी एक सय दिने अभियानको समीक्षा तथा मूल्यांकन, भ्रातृ संस्थाहरुको हुन बाँकी अधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा छलफलबाट टुंग्याउने तयारी कंग्रेसले गरेको छ ।
यस्तै पार्टी क्रियाशिल सदस्यताको प्रगतिका विषयमा महामन्त्रीले बिफ्रिङ गर्ने कार्यसूची बनाइएको छ । केही दिनसम्म चल्ने बैठकमा काँग्रेस र एमाले सहितको गठबन्धन सरकारको काम कारबाही, पार्टीबाट सहभागि मन्त्रीहरुको अनुभव र समस्या लगायत विषयमा छलफल हुनेछ ।