मदिरा सेवन गरेपछि कपिलवस्तुका मतदान अधिकृत बर्खास्त

मंसिर ३, २०७९ | कपिलवस्तु

नैतिक आचरण विपरीत काम गरेका कपिलवस्तुका एक मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । मदिरा सेवन होहल्ला गरेको पाइएपछि निर्वाचन क्षेत्र नं ३ (२) कृष्णनगर नगरपालिका–४ स्थित गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई बर्खास्त गरिएको हो ।

 प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई पदमुक्त गरिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनुभयो । पन्थीको स्थानमा यमलाल न्यौपानेलाई मतदान अधिकृत नियुक्त गरिएको उहाँले बताउनुभयो । साथै उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन दिईएको छ । 


प्रतिक्रिया