नारायणी नदीमा देखियो डल्फिन

तस्बिर सौजन्य: टेक महतो  

मंसिर १५, २०७९ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डल्फिन देखिएको छ । कावासोती नगरपालिकाको दक्षिणमा रहेको अमलटारी नजिक नदीमा बुधबार दिउँसो डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोको टोलीले नारायणीमा ढुंगामा जाँदै गर्दा डल्फिन देखेका हुन् । 

नेचर गाइड महतोले भन्नुभयो, ‘साथीहरुसँग डुंगा लिएर नदीमा जाँदै गर्दा अमलटारी घाटमा डल्फिन देखिएको हो ।’ डल्फिन देखिएको बारेमा स्थानीयहरुले जानकारी गराएपछि आफू दुई सातादेखि त्यसैको खोजीमा लागेको उहाँले बताउनुभयो । पानीको सतह घटेको बेलामा नदीमा खेलिरहेको डल्फिन देखिएको हो । 

डल्फिन नारायणी नदीमा दुर्लभ मानिन्छ । जाडो यामका चराको संख्या बढ्दै गएका कारण महतो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती जंगल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्न डुलिरहनु हुन्छ । विदेशी पर्यटकहरु पनि नदीमा चरा अवलोकनका लागि आउने गर्छन । 

महतो पंक्षी संरक्षण संघमा पनि आबद्ध हुनुहुन्छ । सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीस्थित नारायणी नदीमा डल्फिन देखिएको हो । गत वर्ष चरा गणनाको समयमा भैलौजीमै डल्फिन देखिएको थियो ।

बुधबारको टोलीमा अमलाटारीकै थारु कम्युनिटी लजका स्टाफहरु नारायणीमा डुंगामा जाँदै गर्दा डल्फिन देखिएको र तस्बिर लिइएको महतोको भनाई छ । महतो नेचर गाइडका रुपमा विगत ९ वर्षदेखि कार्यरत हुनुहुन्छ ।


प्रतिक्रिया