गण्डकीमा सरकार गठनको लागि आह्रवान

पुस २१, २०७९ | कास्की

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार गठनका लागि आहृवान गर्नु भएको छ । 

प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आहृवान गरेको हो । 

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको बहुमत नपुग्ने भएपछि उपधारा २ बमोजिम सरकार गठनका लागि आह्रृवान गरिएको हो । 

गण्डकी प्रदेशमा केन्द्रमा भएको सत्ता समीकरण अनुसार सरकार बन्ने स्रोतले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागेको छैन । 

हाल भएको गठबन्धन अनुसार एमाले र माओवादी केन्द्रले आ–आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै आएका छन् । केन्द्रीय गठबन्धन अनुसार गण्डकीमा एमालेका २२, माओवादीका ५ र राप्रपाका २ सदस्य छन् ।

 एकीकृत समाजवादीको एक सिट रहेको छ भने प्रदेश सभामा सबै भन्दा ठूलो दलको हैसियतमा कांग्रेसको २७ सिट छ । 


प्रतिक्रिया