हेलिकप्टर पाईलटलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

माघ १०, २०७९ | कास्की

हेलिकप्टरका पाइलट रानेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठ लगायत ६ जना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदमराज थापाले जानकारी जानकारी दिनुभयो । 

उनीलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङजामा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको थापाले बताउनुभयो । 

माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम रानाले खेल मैदानमा नै प्रभुको हेलिकप्टर ल्याण्ड गर्न लगाएका थिए । हेलिकप्टर ल्याण्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । 

खेल मैदानमा नै प्रभुको हेलिकप्टर ल्याण्ड गरेको  विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिक रुपमा सोधेको तर जवाफ नआएकाले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ । 


प्रतिक्रिया